पुर्वी नेपालमा विशेष गरी झापा र मोरङ जिल्लामा राजवंशी समुदायले बनाउने भक्का एक परम्परागत र लोक प्रिय परिकार हो । भक्का धानको पिठोबाट बनाईन्छ र बाफमा पकाईन्छ । राजवंशी समुदायमा भक्का खाने चलन धेरै पुरानो हो । पुष माघको चिसो मौसममा राजवंशी महिलाहरुले तातो खाजाको रुपमा भक्का बनाउने गर्छन ।
झापामा हरेक वर्ष पुस २९ गते भक्का दिवस मनाईन्छ । जसमा राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ । यस अवसरमा राजवंशी महिलाहरुले ठुलो मात्रामा भक्का बनाउने गर्छन् ।
